A.D.:
Nepal Samvat: 1145 DILLATHWA SHASTHI - 6
२०३३्/०५/१४ गते बुवा भैरवबहादुर थापा मगर र आमा ललिता थापामगरको कोख बाट सुर्यविनायक नगरपालिका–८, सिपाडोल भक्तपुरमा जन्मिनु भएको मा. किरण थापा मगर २०७९ सालको बागमती प्रदेश सभा सदस्य हुदैँ २०८१ साउन ९ गते बागमती प्रदेश स्वास्थ्य मन्त्रीको रुपमा नियुक्त हुनु भएको थियो। सामान्य परिवारमा जन्मेर पनि पारिवारिक पृष्ठभुमिले सानै उमेर देखि राजनीति तथा विभिन्न सामाजिक सेवा लगायत संघसंस्थामा संमलग्न हुदै आउनु भएको छ। २०४७ साल देखिनै राजनीतिमा लाग्नु भएको माननीय ज्यूले आइ.ए सम्मको अध्ययन पुरा गरि राजनीतिक एवम सामाजिक सेवामा सक्रिय रहदै आउनुभएको छ।
राजनीतिक र नेतृत्व अनुभव
- नेकपा एमाले भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै हाल भक्तपुर जिल्ला कमिटि उपाध्यक्ष
- २०७४ सालको निर्वाचित वडाअध्यक्ष सुर्यविनायक नगरपालिका–८ ,सो कार्यकालमा सूर्यविनायक नगरपालिकाको सामाजिक बिकास समितिको संयोजक
सामाजिक सेवा र संघसंस्था संलग्नता
-केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण समितिः सचिव, उपाध्यक्ष हुदैँ कार्यबाहक अध्यक्षसम्मका भूमिकामा संलग्न
-नेपाल रेडक्रस सोसाइटीको एसस्कर सदस्य
-नेपाल रेडक्रस सोसाइटी, सिपाडोल उपशाखाः सभापति (३ कार्यकाल)
-नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाः उपसभापति (२ कार्यकाल)
-नेपाल तेक्वान्दो संघ (बागमती प्रदेश)ः कोषाध्यक्ष
-सुर्यविनायक उद्योग वाणिज्य संघः अध्यक्ष
-विभिन्न खेलकुद र युवा क्लबहरूमा संरक्षक
-सिपाडोल क्षेत्र परोपकार समाज सूर्यविनायक नपा वडा नं. ८ सिपाडोलको संरक्षक
-आफ्नो घर आश्रम सूर्यविनायक नपा वडा नं. ८ सिपाडोलको बिशेष संरक्षक
रोजगारी र आर्थिक योगदान
- सूर्यविनायक नगर अस्पतालको निर्माणमा पहल र सञ्चालन सहयोग
- निजी व्यवसायबाट ५०० जना भन्दा बढि नेपालीहरुलाई प्रत्यक्ष रोजगारीको व्यबस्था
- युवा स्वरोजगारका लागि तालिम, सहजीकरण र लगानी प्रवर्धनमा सक्रिय
- वडाध्यक्ष हुँदा कुनै पनि सरकारी भत्ता,पेट्रोल,फोन सेवा लगायत सेवा सुबिधा नलिएको
- वडाबाट प्राप्त सेवा सुविधा बचत गरेर रु १५ लाख बराबरको अक्षय कोष स्थापना (हाल अक्षय कोषमा ४० लाख रुपैयाँ)
- २०७२ को भूकम्प र २०७५ को हनुमन्ते बाढी मा अग्रपंक्तिमा रहेर उद्धार तथा राहत
- कोरोना महामारीमाः निःशुल्क पीसीआर परीक्षण
- संक्रमितलाई घरमै अक्सिजन र औषधि
- टोल–टोलमा स्वास्थकर्मी र स्वयंसेवक परिचालन
- १०० शैयाको क्वारेन्टाइन स्थापना
- अलपत्र तथा घर फर्किने श्रमिकका लागि यातायातको व्यवस्था